धनगढी–सुदूरपश्चिम प्रदेशमा आज १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६९ जना र डडेलधुरामा गरिएको परीक्षणमा ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
धनगढीमा वडा नखुलेका २८ जना, वडा नम्वर ३, ५ र ८ का तीन÷तीन जना, वडा नम्वर १ का दुई जना, वडा नम्वर २ र ४ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका वडा नम्वर १ का दुई जना र भजनी नगरपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए ।
डडेल्धुरामा भएको परिक्षणमा दार्चुलाको महाकाली नगरपालीकाका ४६ जना र डोटीका २ जनामा संक्रमण पुष्टि भएको अस्पतलाले जनाएको छ ।