नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप १५ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । १५ मध्ये ६ जना काठमाडौंका रहेका छन् ।
मृतकमा ५ जना महिला र १० जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । मृत्यु हुनेमा महिलामा सिराहाकी ५० वर्षीया, रौतहटका ७२ वर्षीया, काठमाडौंका ६६ वर्षीया र ७२ वर्षीया र दाङकी ७१ वर्षीया रहेका छन् ।
त्यसैगरी मोरङका ४० वर्षीय र ६० वर्षीय, ललितपुरका ४६ वर्षीय, चितवनका ६१ वर्षीय, रुपन्देहीका ५५ वर्षीय, नवलपरासीका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ५७८ पुगेको छ ।

प्रकाशित:
२०७७ असोज २१, ०५:०४
SPA
KN
Priya Gahana Pasal