अमेरिकी चुनाव २०२० : ट्रम्प भर्चुअल टिभी बहसमा सहभागी हुन अनिच्छुक

Trupm

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रजातान्त्रिक प्रतिस्पर्धी जो बाइडेनसँग भर्चुअल टिभी बहसमा भाग नलिने बताउनुभएको छ । ट्रम्पले फक्स बिजनेससँगको अन्तर्वार्तामा भन्नुभयो, ‘यो व्यवस्था मलाई स्वीकार्य छैन । म व्यक्तिगत बहसमा समय खर्चन चाहन्नँ । कम्प्युटर पछाडि बसेर, हास्यास्पद ।’ यसको साटो ट्रम्पले बरु र्याली गर्ने बताइएको छ । साथै उहाँले कार्यक्रम सञ्चालकहरुमाथि आफ्ना प्रतिस्पर्धी जो बाइडेनलाई बचाउने कोसिस गरेको आरोप लगाउनुभएको छ । 

ट्रम्पले कोरोना भाइरस सङ्क्रमणको उपचारपछि यस्तो निर्णय लिनुभएको हो । अहिले ट्रम्पमा कोरोना भाइरसको कुनै लक्षण छैन तर ह्वाइट हाउस सकारात्मक परीक्षणको एक समूहसँग जुधिरहेको छ । 

आउँदो चुनावमा राष्ट्रपति पदका अर्का उम्मेदवार जो बाइडेनले भन्नुभयो, ुजबसम्म राष्ट्रपति सङ्क्रमित छन्, तबसम्म बहस गर्न हुँदैन । हामी निकै कडा दिशानिर्देशको पालना गर्न जाँदैछौँ ।ु

यसअघि ट्रम्प र बाइडेनबीच भएको बहसमा बाइडेन ट्रम्पमाथि हाबी हुनुभएको थियो । उहाँहरुबीच आरोप–प्रत्यारोपसम्म भएको थियो । बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र फितलो भएको धेरैले टिप्पणी गरेका छन् भने बाइडेनको प्रस्तुति भद्र र सकारात्मक भएको कतिपयको भनाइ छ ।      

प्रकाशित:
2020/10/09, 6:40