हालसम्म नेपाली सेनाका २९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

Army
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाली सेनाका २९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेनाका अनुसार पछिल्लो २४ घन्टामा १९ जना कोरोना संक्रमित थपिएका हुन् । दुई सैनिकले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । वर्तमान अवस्थामा कोरोना संक्रमित भएर आइसोलेसनमा १४ सय ६८ जना बसिरहेका छन् भने १५ सय १८ जना निको भएर काममा फर्किसकेका छन् । सेनाले आफ्नो हरेक ब्यारेक, पृतना, गण, गुल्म, तालिम केन्द्रहरुमा स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिए पनि सैनिकहरुमा कोरोना संक्रमण भने देखिरहेको छ ।

प्रकाशित:
2020/10/09, 3:18