यस वर्षकाे नाेबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र सङ्घकाे विश्व खाद्य कार्यक्रमलाई

wfp

एजेन्सी–यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई दिइने भएको छ । भोकमरीविरुद्ध लड्ने प्रयासको लागि डब्ल्यूएफपीलाई पुरस्कार दिइने भएको हो । 
नर्वेजियन नोबेल समितिले भनेको छ– ‘डब्ल्यूएफपीले युद्ध र सङ्घर्षको हतियारको रुपमा भोकको उपयोग रोक्ने प्रयासलाई एक प्रेरक शक्तिको रुपमा लिन सकिन्छ ।’यो पुरस्कारको राशि १२ करोड नेपाली रुपैयाँभन्दा धेरै छ ।   

प्रकाशित:
2020/10/09, 4:42