नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो,६ सयको मृत्यु

शुक्रबार २ हजार ५९ जनामा संक्रमण पुष्टि
Corona Update

धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६ सय ८० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित २७ सय ५३ जना छन् भने ४ हजार ७३ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

प्रकाशित:
2020/10/09, 5:28