डडेल्धुरामा गरिएको परीक्षणमा डोटी र बैतडीका थप १० जनामा कोरोना पुष्टि

Covid update
सुदूर प्रेस संवाददाता

डडेल्धुरा – डडेल्धुराको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३४ जनाको कोरोना परीक्षण गर्दा १० सङ्क्रमित थपिएका हुन् । 

बैतडी र डोटीका गरी १० जनामा सङ्क्रमण पुष्टि भएको हो । प्रयोगशालाले दिएको जानकारी अनुसार बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ का दुई जना र डोटीको जोरायल गाउँपालिकाका ८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

 

प्रकाशित:
2020/10/11, 12:39