कोरोना सङ्क्रमित कैलालीका एसपीलाई थप उपचारका लागि काठमाडौँ लगियो

श्वासप्रश्वासमा समस्या
SP
सुदूर प्रेस संवाददाता

धनगढी – कोरोना सङ्क्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुप शमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत काठमाडौँ लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए ।

उनले जबरालाई काठमाडौँ स्थित प्रहरी अस्पताल लगिएको बताए । केही दिन अघि कोरोना पोजेटिभ देखिएका उनको धनगढीमै उपचार भइरहेको थियो।

प्रकाशित:
2020/10/11, 1:07
SPA
KN
Priya Gahana Pasal