कोभिड-१९ संक्रमणबाट मृत्युमा नयाँ रेकर्ड, एकै दिन २२ जनाको मृत्यु

हालसम्म देशभर ६ सय ३६ जनाको मृत्यु
Covid Dath
सुदूर प्रेस संवाददाता

काठमाडौं - कोभिड-१९ संक्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ। यो एकै दिन हालसम्मकै धेरै मृत्यु हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड-१९ का कारण देशभर ६३६ जनाको मृत्यु भइसकेको छ।

आइतवार रुपन्देही, धरान, कर्णाली, काभ्रेलगायत विभिन्न क्षेत्रमा कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ३१ हजार ३१५ जना कोभिड-१९ का सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित:
2020/10/11, 4:52