सुदूरपश्चिममा आइतबार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि

१ हजार १ सय ६३ जना सक्रिय सङ्क्रमित
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ९५ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा बढी ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै डडेलधुरा अस्पतालको प्रयोगशालामा १० जना, बझाङमा ४ जना, कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा १ जना र डोटी अस्पतालमा ३ जना गरी ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये कैलालीका ६१ जना छन् । कञ्चनपुरका १५, बैतडीका ३, बझाङका ४,अछामका २ र डोटीका १० जना रहेका छन् । प्रदेशमा आज सम्म ८ हजार ४६ जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ हजार ८ सय ६४ जना निको भएर घर फर्किएका छन् । प्रदेशका ९ वटै जिल्लामा अब १ हजार १ सय ६३ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबै भन्दा बढी कैलालीमा ६ सय १६ जना रहेका छन् । कोरोना सङ्क्रमणका कारण प्रदेशका ९ वटै जिल्लामा गरी १९ जनाले ज्यान गुमाएका छन् । 

प्रकाशित:
2020/10/11, 7:02