वैकल्पिक विधि अपनाएर परीक्षा लिने प्रबन्ध मिलाउन सरकारलाई नेता महरको आग्रह

Nain sing
सुदूर प्रेस संवाददाता

धनगढी– नेपाल विद्यार्थी सङ्घ  (नेविसंघ) का पूर्व अध्यक्ष एवं काङ्ग्रेसका युवा नेता नैनसिंह महरले कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि स्थगित भएका सबै तहका परीक्षा वैकल्पिक विधि अपनाएर लिने प्रबन्ध मिलाउन आवश्यक रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता महरले शैक्षिक सत्रलाई मध्यनजर गर्दै सरकारले तत्काल परीक्षा सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन ।  कोरोना महामारीका बिच कक्षा कोठामा मात्रै नभई अन्य वैकल्पिक विधि अपनाएर जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न नेता महरले सरकारलाई आग्रह गरेका छन् ।  

सरकारी चस्माले शैक्षिक सत्रको समेत ख्याल राख्नु पर्ला कि ? नेता महरले सरकारलाई प्रश्नसमेत गरेका छन् । 

 

प्रकाशित:
2020/10/12, 12:19