डडेलधुरा र बैतडीका थप २५ जनामा आज कोरोना सङ्क्रमण पुष्टि 

Corona Update

धनगढी–डडेलधुरा र बैतडीका थप २५ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । डडेलधुरा प्रयोगशालामा आज ३६ नमुना परीक्षण गरिएकोमा २५ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भूषालले जानकारी दिए । उनका अनुसार सङ्क्रमित मध्ये १७ जना डडेलधुराको परशुराम नगर पालिकाका र २ जना नवदुर्गा गाउँपालिकाका छन् । त्यस्तै बैतडीको पाटन नगर पालिकाका ६ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । 

Image may contain: text that says "Government OfNepal Ministry Health &Population Dadeldhura Hospital MOLECULAR LABORATORY (COVID-19) DADELDHURA डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७७ असोज २७ गते परिक्षण गरिएका नयाँ ३६ नमूनाहरुमध्ये २५ नतिजा पोजेटिभ (Positive) र ११ नतिजा नेगेटीभ (Negative) रहेको व्यहोरा जानकारी गराईन्छ अध्याबधिक विवरण अनुसार डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप भएका नयाँ २५ जना संत्रमितको बिबरण तपशिल वमोजिम रहेको छ तपशिल: सि.न. जिल्ला डडेल्धुरा बैतडी स्थानिय तह परशुराम नगरपालिका नबदुर्गा गाउपालिका पाटन नगरपालिका सख्या १७ ईश्वरी प्रसाद भूषाल इन्चार्ज डडेल्धुरा अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला"

प्रकाशित:
2020/10/13, 11:43