मंगलबार थपिए ३ हजार ५ सय ५६ कोरोना संक्रमित, १५ सय ३ जना डिस्चार्ज

१८ जनाको मृत्यु, मृतककाे संख्या ६ सय ६३ पुग्याे
Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० जना पुगेको छ ।

यो सँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार ९१५ पुगेको छ । त्यसैगरी २४ घण्टामा १५ सय ३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ७८ हजार ७ सय ८० रहेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ ।

प्रकाशित:
2020/10/13, 5:16