२४ घण्टामा २ हजार ६३८ कोरोना संक्रमित थपिए

निको हुनेको संख्या ८० हजार नाघ्यो
Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख १७ हजार ९९६ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ ।

निको हुनेको संख्या ८० हजार नाघ्यो

त्यसैगरी २४ घण्टामा २ हजार १७४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।
२४ घण्टामा १३ हजार ९४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म १२ लाख २१ हजार ३८ पीसीआर परीक्षण भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ ।

प्रकाशित:
2020/10/14, 5:08