धनगढी–धनगढीमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ४८ जनामा गरिएको परीक्षणमा धनगढीका थप ३१ सहित ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । धनगढी उपमहानगरपालिकाको वडा नम्बर– १ र ३ का ६ र ६ जना, त्यसै गरी वडा नम्बर २, ४ र ५ का ३र३ जना र वडा नम्बर ७ का २ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै वडा नखुलेका ८ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।
आजको मिति