आजको मिति
अर्थ-वाणिज्य
2023/09/27, 8:06
धनगढी– नेपालमा एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको जनाएको छ ।
2023/09/24, 7:13
धनगढी–विगत दुई महिनायता खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य १० प्रतिशतदेखि सत प्रतिशतसम्म बढेको छ ।
2023/08/07, 7:50
धनगढी– नेपालले सम्भावित खाद्य संकट टार्न थप १० लाख मेट्रिक टन धान आयातका लागि भारतसँग अनुमति माग्ने भएको छ ।
2023/08/02, 8:13
धनगढी– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
2023/07/28, 8:11
धनगढी– नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा वार्षिक ६५ लाख मेट्रिक टन धान आवश्यक रहेकोमा उत्पादन भने वार्षिक ५५/५६ लाख मेट्रिक टनको हाराहारी रहेको कृषि मन्त्रालयको तथ्याङ्क छ ।
2023/07/23, 7:50
नेपाल राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति ल्याउने तयारी गरेको छ । मौद्रिक नीति पारित गर्न आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ ।
2023/07/21, 6:52
धनगढी–भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।
2023/07/19, 7:50
धनगढी–सुदुरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुँदै गएको छ। व्यवसायीहरूले हिजो नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ पाएपछि आपूर्ति सहज भएको हो। धनगढीसहित प्रदेशका पेट्रोल पम्पहरूमा सोमवारदेखि पेट्रोलियम पदार्थको अभाव थियो।
2023/07/17, 7:37
धनगढी– आजदेखि नयाँ आर्थिक वर्ष ०८०/८१ सुरु भएसँगै आयकर तथा नयाँ करहरु लागु हुँदैछन्। जेठ १५ मा बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर भने लागु भइसकेका छन्।
आयकर ऐन २०५८ मा भएको संशोधन साउन १ देखि लागु हुँदै छ। यसअघि २० लाखभन्दा माथिमा ३६ प्रतिशत कर लाग्थ्यो। तर… विस्तृतमा
2023/07/09, 9:02
धनगढी– कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कल्याण सिंह बोहरा निर्वाचित भएका छन् ।
2023/07/03, 7:07
आर्थिक शिथिलताले गर्दा कर्जाको मागमा कमी आएपछि बैंकिङ क्षेत्रमा तीन खर्ब बराबरको रकम थुप्रिएको छ ।
2023/07/02, 11:59
सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो ।
2023/07/02, 6:18
धनगढी - आर्थिक शिथिलताका कारण कारोबारमा कमी आएपछि बैंकको ब्याज र किस्ता तिर्न नसकेर कालोसूचीमा पर्नेहरु बढेका छन् ।