लिबर्टि माइक्रो लाइफ इन्स्योरेन्सको नेपालगन्ज बिमा जागरण

सुदूर प्रेस संवाददाता

नेपालगन्ज –लिबर्टि माइक्रो लाइफ इन्स्योरेन्सले मंगलवार नेपालगन्ज उपमहानगरपालिकामा बिमा जागरण कार्यक्रम संञ्चानल गरेको छ । जिल्ला सहकारी संघ बाँके सँगको सहकार्यमा सहकारी संस्थाका पदाधिकारीहरुलाई लधु बिमाको अवधारण, बिमाको फाइदा र लधुविमाले सहकारी संस्थाका सदस्यहरूको बिमा सुरक्षण प्रक्रिया बारे जानकारी गराइएको थियो । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी को अध्यक्षतामा सञ्चालन गरेको कार्य क्रममा बाँके जिल्लाका ७० सहकारीका १३२ जनाको सहभागिता रहको थियो ।उक्त कार्यक्रमलाई लिबर्टि माइक्रो लाइफ इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख भिम राज अवस्थी र नेपालगन्ज शाखाका प्रबन्धक दिपा विनाडीले सहजिकरण गर्नु भएको थियो । लिबर्टि माइक्रो लाइफ इन्स्योरेन्सले सहकारी संस्थाका लागि उपयुक्त हुने गरी संवृद्ध कवच, सामूहिक म्यादी जीवन बिमा, ग्रामीण म्यादी जीवन बिमा संवृद्ध भविष्य र सुरक्षित बाल भविष्य जीवन बिमा बजारमा जारी गरेको छ ।

प्रकाशित:
2024/07/31, 7:45
SPA
KN
Priya Gahana Pasal