ओलम्पिक झण्डा अमेरिकाको लस एन्जलस पुर्‍याइयाे

सुदूर प्रेस संवाददाता

एजेन्सी– ओलम्पिक झण्डा अमेरिकाको लस एन्जलस पुर्‍याइएकाे छ । २०२८ ग्रीष्मकालीन ओलम्पिक, लस एन्जलसमा आयोजना हुने भएकाले पेरिस ओलम्पिक २०२४ को समापन पछि झण्डा त्यहाँ पुर्‍याइएकाे हो ।

झण्डा अमेरिकी खेलाडी र अधिकारीहरू बोकेको डेल्टा एयरलाइन्सको जेट मार्फत लस एन्जलस पुर्‍याइएकाे हो । उक्त विमानमा लस एन्जलसका मेयर करेन बासपनि सवार थिए ।

उक्त विमानमा एलए ट्वान्टिएट सहित खजुरको रूखको चित्र पेन्ट गरिएको थियो । विमान लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि हिप-हप लिजेन्ड टुपाक शकुरले आफ्नो प्रस्तुती मार्फत अमेरिकी टिम र ओलम्पिक झण्डालाई स्वागत गरेका थिए ।

मेयर बासले पेरिसमा ओलम्पिक झण्डा आफुलाई हस्तान्तरण हुँदा "अत्यन्त गर्व र जिम्मेवारी" महसुस भएको बताएकी थिइन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २०१७ मा लस एन्जलसलाई ओलम्पिक २०२८ आयोजना गर्न आधिकारिक अधिकार प्रदान गरेको थियो । सन् १९३२ र १९८४ मा समेत ओलम्पिक आयोजना गरिसकेको लस एन्जलसमा तेस्रो पटक आधुनिक ओलम्पिक खेल आयोजना हुँदै छ ।

प्रकाशित:
2024/08/13, 8:04
SPA
KN
Priya Gahana Pasal