धनगढी– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार राती १२ बजे बाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
साथै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।
निगमले जारी गरेको विज्ञप्तीअनुसार काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १६५, डिजेल र मट्टितेल १५५ रुपैयाँ कायम भएको छ । त्यस्तै तराईमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५०, डिजेल मट्टितेल १५२.५० रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६५, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य भने स्थिर रहेको जानकारी दिएको छ ।