कोरोना नियन्त्रणका लागि फ्रान्समा कर्फ्यु

france

एजेन्सी–फ्रान्समा कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यु लगाइएको छ। संक्रमण बढ्दै गएपछि राति ९ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यु लगाइएको राष्ट्रपति इम्यानुएल म्याक्रोले बताएका छन्। एक टेलिभिजन अन्तरवार्ताका क्रममा राष्ट्रपति म्याक्रोले कर्फ्यु शनिबारदेखि लागू हुने र चार हप्तासम्म कायम रहने जानकारी दिए। फ्रान्सले देशमा स्वास्थ्य आपतकाल पनि घोषणा गरेको छ। हिजो फ्रान्समा झण्डै २३ हजार कोरोना संक्रमित थपिएका छन्। 

पुरै युरोपमा कोरोनाको दोस्रो लहर नियन्त्रणमा लिनका लागि विभिन्न प्रतिबन्धहरु लगाइएको छ। नेदरल्याण्डमा  आंशिक लकडाउन गरिएको छ। यसअघि हिजो स्पेनको उत्तर पूर्वी क्याटलोनियामा बार र रेष्टुरेन्टहरु १५ दिनका लागि बन्द गरिएको छ। चेक गणराज्यमा पनि स्कूल र बार बन्द गरिएको छ। 

पछिल्लो दुई हप्ता युरोपमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएपछि नियन्त्रणमा चुनौती थपिएको हो। 

प्रकाशित:
2020/10/15, 8:17