२४ घण्टामा ३ हजार ७४९ कोरोना संक्रमित थपिए

३ हजार ५६४ जना कोरोनामुक्त
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी— पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २१ हजार ७४५ संक्रमितको संख्या पुगेको जनाए ।  यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ५३३ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८४ हजार ५१८ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ३७ हजार ६३६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १६ हजार ५९८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८२५ जना रहेका छन् ।

प्रकाशित:
2020/10/15, 4:43