सुदूरपश्चिमका १ सय ४२ जनामा आज कोरोना सङ्क्रमण पुष्टि 

१ हजार २ सय ३० जना सक्रिय सङ्क्रमित, ३ जनाको भेन्टिलेटर र ८ जनाको आइसियुमा उपचार जारी
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।. प्रदेशका  विभिन्न ५ वटा  प्रयोगशालामा  गरिएको परीक्षणमा १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६९ जना,डडेलधुरामा गरिएको परीक्षणमा ४७ जना, बझाङमा ३ जना,अछाम कमल बजारमा ६ जना र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ गरी १ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । आज सबै भन्दा बढी कैलालीका ५६ जना सङ्क्रमित भएका छन् । त्यस्तै दार्चुलाका ३८ जना,डोटीका २७ जना,कञ्चनपुरका १२ जना,अछामका ६ जना र बझाङका ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा कुल सङ्क्रमितको सङ्ख्या ८ हजार ४ सय ३८ पुगेको छ । ती मध्ये ७ हजार १ सय ८९ जना निको भएका छन् । 

प्रदेशमा अब १ हजार २ सय ३० जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबै भन्दा बढी कैलालीमा ५ सय ७८ जना सक्रिय सङ्क्रमित छन् ।  विभिन्न अस्पतालमा १ सय ८ जना भर्ना भएका छन् । ११ जना सङ्क्रमितको अवस्था गम्भीर छ । उनीहरू मध्ये ३ जनाको भेन्टिलेटर र ८ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ । हाल सम्म प्रदेशमा १९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

 

प्रकाशित:
2020/10/15, 8:14
SPA
KN
Priya Gahana Pasal