सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ८९ जनाले कोरोना जिते

१ हजार २ सय ३० जना सक्रिय सङ्क्रमित
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ८९ जनाले कोरोना सङ्क्रमण जितेका छन् । प्रदेशमा हाल सम्म ८ हजार ४ सय ३८ जनालाई सङ्क्रमण भएकोमा ७ हजार १ सय ८९ जनाले कोरोना सङ्क्रमण मुक्त भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।  प्रदेशमा अब १ हजार २ सय ३० जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबै भन्दा बढी कैलालीमा ५ सय ७८ जना सक्रिय सङ्क्रमित छन् ।  विभिन्न अस्पतालमा १ सय ८ जना भर्ना भएका छन् । ११ जना सङ्क्रमितको अवस्था गम्भीर छ । उनीहरू मध्ये ३ जनाको भेन्टिलेटर र ८ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ । हाल सम्म प्रदेशमा १९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

 

 

प्रकाशित:
2020/10/16, 7:00
SPA
KN
Priya Gahana Pasal