मुख्यमन्त्रीले भनेः प्रहरीले कार्यशैली परिवर्तन गरेर काम गर्नु पर्छ

cm dig
सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले समाजमा हुने आपराधिक गतिविधि रोक्न प्रहरीले आफ्नो पुरानो कार्यशैली परिवर्तन गरेर काम गर्नु पर्ने बताएका छन् । 

६५ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा मुख्य मन्त्री भट्टले समाजमा अपराध बढ्दै गएको देखिएकोले प्रहरीले आफ्नो सक्रियता अझैँ बढाउन जरुरी रहेको बताए । 

उनले भने —‘‘समाजमा साइबर क्राइम, महिला हिंसा जस्ता अपराधिक घटना बढ्न थालेका छन्,अपराध रोक्न प्रहरी सजग हुन जरुरी छ ।‘‘ 

 आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रहरी गठनमा ढिलाइ भइरहेकोले प्रहरी ऐन बनाएर छिटो प्रदेश प्रहरी गठनको प्रक्रिया थालिने बताए । 

 प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम राज सुवेदीले अपराध अनुसन्धानमा प्रहरी सङ्गठन सफल भएको उल्लेख गर्दै प्रविधि प्रयोग गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।  

 कार्यक्रममा प्रहरी कार्यमा सहयोग गर्ने छ संस्था, स्थानीय निकाय र व्यक्ति,प्रहरी कार्यालयलाई निःशुल्क जग्गा प्रदान गर्ने छ जना तथा आठ जना उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

  यस्तै कर्तव्यपालनको क्रममा विभिन्न समयमा ज्यान गुमाएका अमर प्रहरीका परिवारलाई सम्मानित गरिएको थियो ।

 

प्रकाशित:
2020/10/16, 6:51
SPA
KN
Priya Gahana Pasal