कैलालीको अत्तरियामा सटर फोडेर पसलमा चोरी

सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको अत्तरियामा रहेको महालक्ष्मी किराना स्टोरमा गए राती चोरी भएको छ । राती पसलको सटर फोडेर किराना सामान चोरी भएको इलाका प्रहरी कार्यालय माल खेतीले जनाएको छ । पसलबाट २५ हजार भन्दा बडीको सामान चोरी भएको हो । पसल मालिक रोशन बरालले फितलो सुरक्षा व्यवस्थाका कारण अत्तरियामा दिन दिनै चोरीका घटना बढ्दै गएको बताए । चोरीमा संलग्नलाई पनि प्रहरीले समात्न सकेको छैन । 

प्रकाशित:
2020/10/17, 7:36
SPA
KN
Priya Gahana Pasal