चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारीलाई सङ्क्रमण

chaulani
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा किनमेलका लागी सबैभन्दा बढी भिडभाड भइरहने चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा हिजो ९ जना सहित १६ जनालाई सङ्क्रमण पुष्टि चौलानी डिमाटमेन्टल स्टोरका सञ्चालक मानसिंह साउँदले बताए ।

उनले यसअघि ७ जना कर्मचारीलाई सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गर्दा थप ९ जनामा कोरोना पुष्टि भएको बताए ।

अहिले सबै होम आइसोलेसनमा छन् । रिपोट नेगेटिभ आएका कर्मचारीहरू बाट डिपाटमेन्टल सञ्चालन गरिएको सञ्चालक साउँदले बताए ।   

 

प्रकाशित:
2020/10/17, 3:26
SPA
KN
Priya Gahana Pasal