कैलाली प्रशासनद्वारा जिल्लाभित्र मेला, महोत्सव, खेलकुद प्रतियोगिता तथा जमघट गर्न प्रतिबन्ध

प्रशासनले जारी गरेको आदेशको पूर्ण पाठ सहित
Corona Update

जिल्ला प्रशासन कार्यालय कैलाली

सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी कैलाली प्रशासनले जिल्लाभित्र मेला, महोत्सव, खेलकुद प्रतियोगिता तथा जमघट गर्न प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आज आदेश जारी गर्दै कुनै पनि मठ मन्दिर, गुम्बा, चर्च, मस्जिद, गुरुद्वारालगायतका धार्मिक र सांस्कृतिक महत्त्वको स्थानमा हुने पूजापाठ बाहेकका मानिस जम्मा हुने गरी पूजा अर्चना, उत्सव, भजन कीर्तन, बलीलगायतका कुनै पनि कार्य गर्न नपाइने बताएका छन् । 

राजनीतिक दल, सङ्घ संस्था, क्लब, सञ्जाल, समूहहरूले भेला जम्मा भई शुभकामना आदानप्रदान गर्ने लगायतका कुनै पनि कार्यक्रम गर्न नपाउने पनि प्रशासनको आदेशमा उल्लेख गरिएको छ । 

यस्तै तोकिएका मापदण्ड पूरा गरी जिल्लाभित्र लामो, मध्यम र छोटो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ। तर सबै सार्वजनिक यातायातले २०७६ चैत ११ गतेभन्दा पहिले कायम गरिएको नियमित भाडा दर भन्दा कुनै किसिमको थप भाडा लिन पाइने छैन । आदेश उल्लङ्घन गरे गरे कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । 

आदेशको पूर्ण पाठ हेर्नुहोस्

प्रकाशित:
२०७७ कार्तिक , ०९:०६
SPA
KN
Priya Gahana Pasal