धनगढीको जुगेडा अस्थायी प्रहरी चौकीका ईञ्चार्ज असइ मृत फेला,तस्करले मारेको आशंका

police
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) मृत फेला परेका छन् । हिजो रातिदेखि बेपत्ता भएका असइ गोविन्द बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो । उनको तस्करसँगको भिडन्तमा हत्या गरीएको आशंका छ । 

उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन । चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क विहिन भएका थिए ।

आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको छ ।

प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी सहितको प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।

प्रकाशित:
2020/10/18, 10:11