धनगढीको कनरीमा पार्कको उद्घाटन, सर्वसाधारणलाई खुला

park

धनगढी–धनगढी उप–महानगरपालिका वडा नं १५ मा स्थापना गरिएको कनरी पार्क आइतबार उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले पार्कको उद्घाटन गरेका हुन । पार्कको उद्घाटन सँगै सर्वसाधारणका लागि खुला गरिएको छ । नगरप्रमुख नृपबहादुर वडले कनरी पार्कलाई गुरु योजना अनुसार थप व्यवस्थित बनाउँदै लैजाने बताए । कोरोना कारण केही महिना ढिलो आएर पार्कको उद्घाटन गरियो नगरप्रमुख वडले भने, आजको दिनदेखि सर्वसाधारणका लागि पार्क खुल्ला गरिएको छ । पार्कले वडा नं १५ का स्थानीयहरुलाई रोजगार दिने छ नगरप्रमुख वडले भने, यहाँ नभएको प्राविधिक जनशक्ति बाहेक स्थानीयलाई नै रोजगारी दिइने छ । वडा नं १५ मा नै जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिएको छ नगरप्रमुख वडले बताए । उनले भने, त्यसले पनि रोजगारी दिने छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले पार्क घुमफिर गर्नेहरूले यस भित्रका नियमअरु पालना गर्नुपर्ने बताईन् । पार्क सार्वजनिक स्थल हो उप–प्रमुख भट्टले भनिन्,सार्वजनिक ठाउँलाई व्यवस्थित र मर्यादित बनाउन केही नियमहरू पालना गर्नुपर्छ । पार्क प्रवेश गर्नका लागि  धनगढी उप–महानगरपालिकाले न्यूनतम शुल्कको व्यवस्था समेत गरेको उप–प्रमुख भट्टले बताईन ।  

प्रकाशित:
2020/10/18, 4:39
SPA
KN
Priya Gahana Pasal