असई गोविन्द बिकको हत्यामा संलग्नताको आशङ्कामा अनुसन्धानका लागी १३ जना पक्राउ 

प्रहरी भन्छः धेरै प्रमाण फेला पारेका छौँ
police hatya
घटनास्थलमा खटिएका प्रहरी इन्सर्टमा हत्या गरिएका असई गोविन्द बिक
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी उपमहानगरपालिका–१२ जगेडामा रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको हत्यामा संलग्नताको आशङ्कामा अनुसन्धानका लागी प्रहरीले १३ जना लाई पक्राउ गरेको छ । 

घटनाको अनुसन्धान र सोधपुछका लागी धनगढीका विभिन्न ठाउँबाट १३ जना लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । प्रहरीका अनुसार उनीहरू मध्ये केही तस्करमा संलग्न व्यक्ति हुन । भारतबाट नेपाल तर्फ सामान तस्करी गर्नेहरुलेनै असई बिकको हत्या गरेको घटनाक्रमले देखाउँछ । त्यसैका आधारमा यस्ता गतिविधिमा संलग्न लाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।  शनिवार राती करिब आठ बजेतिर प्रहरी सहायक निरीक्षक बिक,प्रहरी जवान रामबहादुर साउदलाई लिएर सीमा नाकामा गस्तीमा खटिएका थिए । आइतबार बिहानसम्म पनि सम्पर्क विहीन भएपछि खोजी तीव्र पारेको प्रहरीले नेपाल भारत सीमा भएर बग्ने मोहना नदीमा तैरिएको अवस्थामा बिकको शव फेला पारेको हो । उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । घटनास्थलको प्रकृति हेर्दा शव भएको स्थान बाट करिब ५ सय मिटर टाढा उखुबारीमा हत्या गरी घिसारेर नदीमा फालेको प्रहरीको अनुमान छ । खुला नाकामा राति तस्कर समूहले उनको हत्या गरेको प्रहरीले जनाएको छ । विकसँगै ड्युटीमा रहेका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अहिले सम्म यकिन हुन सकेको छैन । 

प्रकाशित:
2020/10/19, 7:53