धनगढी नाकामा हत्या गरिएका असई बिक सँगै गस्ती गएका प्रहरी जवानको अवस्था अझै अज्ञात

खोजी कार्य तीव्र पारेका छौँ–प्रहरी
police hatya

घटनास्थल धनगढीको महोना नदीमा बेपत्ता प्रहरी जवान साउँदको खोजी गर्दै प्रहरी

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी उपमहानगरपालिका–१२ जगेडामा रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अहिले सम्म यकिन हुन सकेको छैन । प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकका मोहना नदीमा बीभत्स हत्या गरिएको अवस्थामा शव भेटिए पनि उनी सँगै गस्तीमा रहेका साउँदको भने अहिले सम्म केही अत्तोपत्तो छैन । हिजो दिनभर मोहना नदी र  आसपासका क्षेत्रमा खोजी कार्य तीव्र पारिए पनि अहिले सम्म उनको कुनै पत्ता नलागेको हो । आज पनि बिहानै बाट साउँदको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । घटनास्थल आसपास नदी भित्र र भारत तर्फ पनि उनको खोजिका लागी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । 

शनिवार राती करिब आठ बजेतिर प्रहरी सहायक निरीक्षक बिक,प्रहरी जवान रामबहादुर साउदलाई लिएर सीमा नाकामा गस्तीमा खटिएका थिए । आइतबार बिहानसम्म पनि सम्पर्क विहीन भएपछि खोजी तीव्र पारेको प्रहरीले नेपाल भारत सीमा भएर बग्ने मोहना नदीमा तैरिएको अवस्थामा बिकको शव फेला पारेको हो । उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । घटनास्थलको प्रकृति हेर्दा शव भएको स्थान बाट करिब ५ सय मिटर टाढा उखुबारीमा हत्या गरी घिसारेर नदीमा फालेको प्रहरीको अनुमान छ । खुला नाकामा राति तस्कर समूहले उनको हत्या गरेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
२०७७ कार्तिक , ०८:४८
SPA
KN
Priya Gahana Pasal