संकटकाल-कर्फ्यु लाग्ने भनी फैलाइएको सूचना भ्रामक : गृह मन्त्रालय

banda

काठमाडौँ — गृह मन्त्रालयले सोमबार मोबाइल, सामाजिक सञ्‍जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल-कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको छ । 
गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै यो घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान प्रक्रिया अघि बढाएको पनि बताएको छ । आइतबार राति र सोमबार बिहानदेखि नै तत्काल कर्फ्यु लगाइएको, सशस्त्र प्रहरीले एयर ट्राफिक र नेपाल भारत सीमामा हुनसक्ने सुरक्षा खतराको निगरानी राखिरहेको भन्दै अस्पतालबाहेकका सेवाहरु स्थगित गरिएको भन्दै सन्देश पठाइएको थियो । यी सन्देश कसले र किन पठाएको हो भन्नेबारे गृहले बताएको छैन ।

प्रकाशित:
2020/10/19, 4:17