प्रहरी हत्या काण्डः घटना स्थलबाट असई विकले प्रयोग गरेको पेस्तोल भेटियो (हेर्नुहोस तस्बिर)

pestol

घटना स्थलमा भेटिएको पेस्तोल

सुदूर प्रेस संवाददाता

धनगढी–गत शनिवार देखी बेपत्ता रहेका कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउँदको शव आज मोहना नदीमा पानीभित्र बालुवामा गाडेको अवस्थामा भेटिएको छ ।  प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शब भेटिएको स्थानभन्दा करिब ३ सय मिटर उत्तर पश्चिममा शब भेटिएको हो । घटना स्थलबाट पोष्टमार्टुमका लागी शब सेती प्रादेशिक अस्पताल पु¥याइएको छ । नदी भित्रबाट प्रहरी सहायक निरीक्षक विकले प्रयोग गर्ने पेस्तोल,मोबाइल  र घडी पनि भेटिएको छ ।

हतकडी लगायतका अन्य प्रमाण खोज्न प्रहरी लागी परेको  छ । यसैबिच हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । उनीहरू मध्ये केही तस्करीमा संलग्न रहेको र घटनामा पनि संलग्न रहेको पाइएको प्रहरी स्रोतले जनाएको छ । घटनामा भारतीय तस्करको पनि संलग्नताको आशङ्का छ । इन्चार्ज बिक लामो समय देखि तस्करी नियन्त्रणमा सक्रिय भएर लागेको र त्यस दिन पनि गस्ती गर्ने क्रममा तस्कर देखेपछि समात्न खोज्दा हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरूले दुवै जनाको घरेलु हात हतियार प्रहार गरी हत्या गरेको देखिएको छ । 

प्रकाशित:
२०७७ कार्तिक , ०३:००
SPA
KN
Priya Gahana Pasal