प्रहरीका हत्याराले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन्–प्रदेश अर्थमन्त्री वोहरा

मृतक प्रहरी जवानका परिवार लाइ भेटेर सान्त्वना दिँदै मन्त्री वोहरा
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले प्रहरीका हत्याराले उन्मुक्ति नपाउने बताएका छन् । प्रहरीका पीडित परिवार लाई भेट्न पुगेका मन्त्री बोहराले जुगेडामा हत्या गरिएका प्रहरी सहायक निरीक्षक असई गोविन्द बिक र जवान रामबहादुर साउँद हत्यारालाई हदैसम्मको कारबाही गराउने प्रतिबद्धता जनाएका हुन्।  मन्त्री बोहराले कुनै राजनीतिक दबाबमा हत्याराले उन्मुक्ति नपाउने बताएका हुन। साथै उनले प्रहरीका परिवारलाई प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।   मन्त्री बोहराले दिनभर मृतकका परिवार लाई शव अछाम लैजाने देखि अन्य व्यवस्थापन गरेको मृतकका आफन्त धनराज साउदले जानकारी दिए ।  

प्रकाशित:
2020/10/21, 2:26