नेपालमा रहेका भारतीय पेन्सनरहरुका लागि तीन दिन दार्चुलाको सीमा पुल खुला

darchula naka
सुदूर प्रेस संवाददाता

दार्चुला — नेपालमा रहेका भारतीय पेन्सनरहरुका लागि नेपाल–भारत जोड्ने सीमा पुल बुधबारबाट तीन दिनसम्म खुला रहने भएका छन् । भारतीय पेन्सन बुझ्ने नेपाली नागरिकहरुका लागि सीमा खोलिएको प्रशासनले जनाएको छ । सीमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म पेन्सन बुझ्नेका लागि मात्र खुला रहने छ ।

भारतीय पेन्सन बुझ्न जिल्लाको सदरमुकाम खलंगा र मालिकार्जुन गाउँपालिकाको जौलविवी नाकाको सीमा तीन दिनसम्म खुला गरिन लागेको हो । दसैं तिहारको खर्च जोहो गर्न भएको समस्यालाई मध्यनजर गर्दै भारतमा पेन्सन बुझ्ने नेपाली नागरिकलाई मात्र सीमा पुलमा आवतजावत गर्न दिइने जिल्ला प्रशासनले जनाएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै गत चैत ११ गतेबाट बन्द भएपछि भारतमा पेन्सन बुझ्ने नेपाली समस्या परेका छन् । सीमा पुल नेपाली नागरिकहरुलाई भारतबाट पेन्सन बुझ्न र भारतमा बैंक खाता रहेकाहरुलाई कारोबार गर्नका लागि दोस्रो पटक खुलेका हुन् । यसअघि गत असार २४ गतेदेखि तीन दिनसम्म खोलिएको थियो ।

पेन्सनरहरुले आफ्नो पेन्सनपट्टासहित परिचय खुल्ने परिचयपत्र बोकेर स्वास्थ्य सम्बन्धी मापदण्ड पुर्ण रुपमा पालना गरेर पेन्सन बुझ्नुपर्ने छ । पुल खुलेको समयमा पेन्सनरहरु मात्रै पुलमा आवतजावत गर्न पाउने प्रशासनले जनाएको छ ।

प्रकाशित:
2020/10/21, 3:30