तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका असईको घरमै पुगे मन्त्री वोहरा

दोषीलाई कडा कारबाही गराउने र पीडित परिवारलाई राहत दिने आश्वास
jhapat vohara
सुदूर प्रेस संवाददाता

धनगढी - सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक ( असई ) गोविन्द बिकको हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

आज पुर्नवास नगरपालिका वडा नम्बर ९ स्थित मृतक गोविन्द बिकको घरमै पुगेर उनले परिवारलाई सान्तोना दिदै दोषीलाई कडा कारबाहीको लागि पहल गर्ने बताएका हुन् ।

सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका क्रममा ज्यान दिएका व्यक्तिको उच्च सम्मान गर्दै प्रदेश सरकारले समेत उचित राहतको कार्यक्रमहरू ल्याउने उनले बताएका हुन् । 

मन्त्री परिषद् बैठकबाट मृतकका आफन्तहरूलाई सम्बोधन हुने गरि राहत उपलब्ध गराउन पहल गर्ने मन्त्री बोहराले बताएका थिए ।

विपन्न परिवारका एक्ला आधारका रुपमा रहेका  प्रहरी सहायक निरीक्षक ( असई ) गोविन्द बिकको हत्या भएपछि परिवारमा आर्थिक संकट हुने देखिएको छ ।

मृतकका परिवाहरुलाई आर्थिक संकट हुन नदिन प्रदेश सरकारले पहल गर्ने समेत मन्त्री बोहराले बताए । मन्त्री बोहरा मृततकको घरमै पुगेर सान्त्वना दिएपछि पीडित परिवारले प्रदेश सरकारको आभास गर्न  पाएका थिए ।

प्रकाशित:
2020/10/21, 6:49