सुदूरपश्चिम प्रदेशमा बुधवार थप १ सय ३२ जनामा कोरोना पुष्टि 

दार्चुलाका मात्रै ५२ जना 
ऋयखषम ऊउमबतभ
सुदूर प्रेस संवाददाता

धनगढी - सुदूरपश्चिम प्रदेशमा बुधवार थप एक सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ६ वटा प्रयोगशालामा १ हजार ३ सय ९९ जनाको कोरोना परीक्षण गर्दा थप एक सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता नरेन्द्र कार्कीले पछिल्लो २४ घण्टामा सबै भन्दा बढी दार्चुला ५२ जनामा सङ्क्रमण पुष्टि भएको बताए । कैलालीका ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ६ जनाको परीक्षण गरिएकोमा ४७ जनामा सङ्क्रमण पुष्टि भएको हो।  

यस्तै डडेल्धुरामा गरिएको परीक्षणमा थप ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पताल प्रयोगशालामा एक सय ७३ जनाको परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले दार्चुलाका मात्रै ५० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यस्तै डडेल्धुराको अमरगढी नगरपालिकाका एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल बझाङ प्रयोगशालामा १९ जना, बैतडी प्रयोगशालामा २ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

यो सँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ९ हजार २ सय १९ पुगेको छ।  

प्रकाशित:
2020/10/21, 8:05