कैलालीमा बसको ठक्करबाट नेपाली काँग्रेसकी नेतृको मृत्यु

Accident

धनगढी - बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि लम्की चुहा नगरपालिका ९ निवासी तथा नेपाली काँग्रेस क्षेत्र नं २ कि कोषाध्यक्ष भागरथी रेग्मीको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

पुर्व पश्चिम् महेन्द्र राजमार्ग अन्तरगत कैलालीको बर्दगोरीया गाउँपालिका वडा नं ४ स्थित चमेलीपुर नजिक बुधवार करिब साढे ६ बजे उक्त दुर्घटना भएको हो ।

लम्की चुहा नगरपालिका वडा नं ९ प्रतापुरका अध्यक्ष राम बहादुर चौधरीले चलाईरहेकोे सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर सरकारी मोटरसाईकलाई सोही दिशातर्फ गइरहेको सुदूरपश्चिम यातायातको से १ प ९५७ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार चौधरी र रेग्मी घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिएको थियो । घाइते रेग्मीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको अहिले घोडाघोडी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ ।

ठक्कर दिने बस र बस चालक ३६ वर्षीय खकेन्द्र अधिकारीलाई सुखड प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित:
2020/10/21, 10:24
SPA
KN
Priya Gahana Pasal