कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

Acciddent
फाईल फोटो

धनगढी  - कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् । पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्की चुहा नगरपालिका वडा नम्बर १ का रङ्गप्रसाद न्यौपानेको मृत्यु भएको हो ।

न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको बिहीबार राती मृत्यु भएको 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। यस्तै मोटरसाइकलको पछाडि सवार  लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपाने र ५० वर्षी जन्म जय न्यौपाने घाइते भएका छन् । 

उनीहरूको लाल रत्न अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/10/22, 6:42