सुदूरपश्चिम प्रदेशमा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

सङ्क्रमितको सङ्ख्या ९ हजार नाघ्यो,१ हजार ७ सय ३० जना सक्रिय सङ्क्रमित
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज प्रदेशका २ वटा प्रयोगशालामा मात्रै परीक्षण गरिएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जना र अछामको कमल बजार प्रयोगशालामा १० जना गरी २२ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । निर्देशनालयका अनुसार सेती अस्पताल प्रयोगशालामा २ सय ७ जनाको परीक्षण गर्दा १२ र कमल बजार नगरपालिकाको प्रयोगशालामा ७५ जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।  

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २ पुरुष, वडा नम्बर २ का १ पुरुष, वडा नम्बर ३ का २ पुरुष, वडा नम्बर ४ महिला र १ पुरुष गरी ५ जनामा सङ्क्रमण पुष्टि भएको बताए ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १० का १ पुरुष र स्थानीय तह नखुलेका कञ्चनपुरका १ महिलामा पनि कोरोना देखिएको छ ।  

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार २ सय ८६ पुगेको छ । उनीहरू मध्ये ७ हजार ५ सय ३५ जनाले  कोरोना जितेका छन् । प्रदेश भरी १ हजार ७ सय ३० जना सक्रिय सङ्क्रमित छन् । 

प्रकाशित:
2020/10/25, 8:02
SPA
KN
Priya Gahana Pasal