कैलालीको गौरीगंगाबाट २ लाख बढी नगद सहित ५ जना जुवाडे पक्राउ

juwade
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको गौरीगंगाबाट २ लाख २३ हजार नगद सहित गए राती ५ जना जुवाडे पक्राउ परेका छन् । गौरीगंगा–६ मा रहेको कृष्ण बहादुर खडकाको कुखुरा फर्म भित्र जुवा खेलिरहेको अवस्थामा २ लाख २३ हजार ५ सय नगद सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । पक्राउ पर्नेमा गौरीगंगा–६ का भक्त बहादुर शाही,सोही ठाउँका रङ्ग शाही,राम बहादुर साउद,डम्बर शाही र वीर बहादुर साउद छन् । गोप्य सूचनाका आधारका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राती करिब साढे ९ बजे उनीहरूलाई पक्राउ गरेको हो । 

प्रकाशित:
2020/10/28, 9:23