दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुले

cdo office

जिल्ला प्रशासन कार्यालय कैलाली

सुदूर प्रेस संवाददाता

धनगढी–दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुलेका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुलेका हुन । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए । दशैँ मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् । यसवर्ष कोरोना सङ्क्रमण जोखिमका कारण खासै चहलपहल भने भएन । दशैँ बिदा सकिएकाले आजदेखि काठमाण्डौसहित मुख्य सहरमा केही चहलपहल बढ्नेछ । दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो र अस्ति लगाउन नभ्याएका र टाढा(टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ । दशैँमा नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीकको रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा छ ।

 

प्रकाशित:
२०७७ कार्तिक १२, १०:०२
SPA
KN
Priya Gahana Pasal