आज कोजाग्रत पूर्णिमा, बडा दशैँको समापन गरिँदै

Dashain
सुदूर प्रेस संवाददाता

धनगढी–दशैँ आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ । विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिनेछ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरीमा सेलाइन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि रहेको छ  । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

मध्यरातमा पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दशैँमा यसवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम र महामारीका कारण विगतमा जस्तो चहलपहल देखिएन ।

दशैँ सकिएसँगै कार्तिक स्नान र आकाशदीपदान भोलिदेखि सुरु हुनेछ ।
 

प्रकाशित:
2020/10/30, 7:24
SPA
KN
Priya Gahana Pasal