कैलालीमा कुटपिट गरी युवकको हत्या

सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको  लम्की चुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको गए राती कुटपिट गरेर हत्या गरिएको छ । गए राती करिब साढे १० बजे जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरूको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए । 

थप उपचारका लागि नेपालगन्ज अस्पताल पुगाउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय मानबहादुर चौधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
2020/10/30, 12:32