बैतडीमा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु

death
सुदूर प्रेस संवाददाता

बैतडी–बैतडीमा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–८ का ५ वर्षीय आयुष बिष्टको ट्रयाक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  आफ्नै हजुरआमाको काखमा बसीरहेका बालक एक्कासी से१त ८५७ नम्बरको ट्रयाक्टरबाट खसेको बताइएको छ ।घटनापछि ट्रयाक्टर र चालक दिपक लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित:
2020/10/30, 5:23