ढाइ लाख नगद सहित कैलालीको जोशीपुरबाट २९ जना जुवाडे पक्राउ

juwade
सुदूर प्रेस संवाददाता

धनगढी–ढाइ लाख नगद सहित कैलालीको जोशीपुरबाट २९ जना जुवाडेलाई गए राती प्रहरीले पक्राउ गरेको छ । राती करिब २ बजे स्थानीय जोशीपुर–१ स्याउले बजार स्थित यज्ञ बहादुर विष्टको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा २ लाख ५१ हजार ४ सय नगद सहित २९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनीहरूको साथबाट ३ जोडी कौडा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/10/31, 8:27