कैलालीको अत्तरियामा बेवारिसे शव फेला

Death
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको अत्तरियामा बेवारिसे शव फेला परेको छ । गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित पूर्व रोडको प्रतीक्षालयमा बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ । शनिवार साँझ बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय माला खेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए । अन्दाजी ६० बर्सिया वृद्धको शव भेटिए पनि उनको पहिचान खुल्न सकेको छैन । पहाडी मूलको जस्तो देखिने ती वृद्धले माथिल्लो शरीरमा सेतो धर्के सर्ट, तल्लो शरीरमा नीलो पाइन्ट लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट बताए । उनको शव  सेती प्रादेशिक अस्पतालमा राखिएको छ । 

प्रकाशित:
2020/11/01, 9:23