विश्वभर कोरोना कारण ज्यान गुमाउने संंख्या १२ लाख नाघ्यो

Corona Update
सुदूर प्रेस संवाददाता

एजेन्सी–- कोरोना भाइरसको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ ।  आज यो खबर तयार पार्दासम्म ४ सय ६६ जनाको ज्यान गएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको वल्ड्रोमिटरले जनाएको छ । ४ करोड ६३ लाखमा कोरोना पुष्टि भएकोमा १२ लाख १ सय ९३ जनाको ज्यान गएको हो । ३ करोड ३४ लाख भने निको भएका छन् । 

अहिले १ करोड १६ लाख ९० हजार सक्रिय सङ्क्रमित रहेकामा एक प्रतिशत अर्थात ८४ हजारको अवस्था जटिल रहेको र बाँकी १ करोड १६ लाखको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ९४ लाख २ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ६० लाख ६२ हजार निको भएका छन् ।

२ लाख ३६ हजारको भने ज्यान गएको छ । यस्तै भारतमा ८१ लाख ८२ हजारमा कोरोना पुष्टि हुँदा ७४ लाख ८९ हजार निको भएका छन् । १ लाख २२ हजारको भने ज्यान गएको छ । ५५ लाख ३५ हजारमा सङ्क्रमण पुष्टि भएको ब्राजिलमा ४९ लाख ७२ हजार निको भएका छन् । १ लाख ५९ हजारको ज्यान गएको छ ।

 रुस, फ्रान्स, स्पेन, अर्जेन्टिना, कोलम्बिया र बेलायतमा सङ्क्रमितको संख्या १० लाख नाघिसकेको छ । सङ्क्रमितसँगै ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि यूरोपका विभिन्न देशले दोस्रो चरणको लकडाउन घोषणा गरेका छन् ।

प्रकाशित:
2020/11/01, 9:44
SPA
KN
Priya Gahana Pasal