दार्चुलामा पूर्व असई को हत्या,हत्या आरोपमा एक जना पक्राउ

hatya
प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

दार्चुला — दार्चुलामा एक जना पूर्व प्रहरी सहायक निरीक्षक (असई) को हत्या गरिएको छ ।  लेकम गाउँपालिका ४ टकनाका पूर्व प्रहरी सहायक निरीक्षक तेजबहादुर पालको हत्या गरिएको अवस्थामा घरभन्दा करिब ५ सय मिटर टाढा शव भेटिएको जिल्ला प्रहरी प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताए । हत्या आरोपमा स्थानीय रमेश पाललाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

शनिवार राति घर नजिककै तेजबहादुरको हत्या गरी फरार रहेका रमेशलाई बैतडीस्थित सेरा प्रहरी चौकीको सहकार्यमा पक्राउ गरिएको दार्चुला प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट रमेशले हत्या गरेको देखिएको प्रहरीले बताएको छ । मृतक तेजबहादुरको टाउकोमा लट्ठीले प्रहार गरी हत्या भएको देखिन्छ । थप विवरण अनुसन्धानबाट खुल्ने प्रहरीको भनाइ छ ।

 

 

प्रकाशित:
2020/11/01, 1:50