डोटीमा अरीङ्गालको टोकाईबाट महिलाको मृत्यु

aringal
सुदूर प्रेस संवाददाता

डोटी–डोटीको आदर्श गाउपालिकामा अरीङ्गालको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । आदर्श गाउपालिका वडा नम्बर १ वाझ ककानीको वाहुनटा टोलका ७५ बर्षिय कटी लुहारको अरीङ्गालको टोकाईबाट मृत्यु भएको हो ।

गोरु चराउन जगल गएका बेला लुहारलाई अरीङ्गालले टोकेको र स्थानिय मौवा नगरदह स्वास्थ्य चौकिमा उपचार पछि घरमा राखीएका बेला राति मृत्यु भएको स्थानियले बताएका छन ।

यसअघि डोटी कै सायल गाउपालिका वडा नम्बर १ छपालीको रोकाय गाउका २ बालीकाको अरीङ्गालको टोकाईबाट मृत्यु भएको थियो ।

प्रकाशित:
2020/11/02, 1:32